र्यापर बालेनले दर्ता गराए काठमाडौंको मेयरमा उम्मेदवारी

काठमाडौं । र्यापर बालेन शाह (बालेन्द्र)ले काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)का लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार राष्ट्रियसभा गृहमा गएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रियसभा गृहस्थित काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर शाहले उम्मेदवारी दर्ता गराएको बताइएको छ ।
उम्मेदवारी दर्ता गराउनुअघि उनले घोषणापत्र सार्वजनिक गरेका थिए ।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको बताउँदै इन्जिनियरसमेत रहेका ३२ वर्षीय शाहले जित्ने दाबी गरेका छन् ।
ताजा अपडेट
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
-
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश
प्रतिक्रिया