एमाले सिन्धुपाल्चोकलाई झट्का जितेका अध्यक्ष कांग्रेस प्रवेश
काठमाडौं । सिन्धुपाल्चोकमा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका नेता कांग्रेसमा प्रवेश गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट विजयी भएका भुपेन्द्र श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका हुन् ।
एमालेमा लामो समयदेखि सक्रिय रहे पनि बेवास्ता गरेको भन्दै कांग्रेसमा प्रवेश गरेको उनले बताएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै दल अदलबदलको क्रम बढेको छ । आफू भएको पार्टीले उम्मेदवार नबनाउने भएपछि धेरै दलमा दल अदलबदलको क्रम बढेको हो ।
बाह्रबिसेमा अायाेजित कार्यक्रमबीच उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनी नेकपा एमाले बाग्मती प्रदेश सचिवालय सदस्यसमेत थिए । त्यस्तै, चरित्र कुमार श्रेष्ठ भक्त श्रेष्ठ लिला फुल्कोटी रामचन्द्र बोहरा मिथिला श्रेष्ठ, रत्नबहादुर बोहरा सहितका नेता कांग्रेसमा प्रवेश गरेका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया