पहिलो दिन : देशभर १० हजार ५ सय ३३ जनाको उम्मेदवारी
काठमाडौँ । ७ सय ५३ स्थानीय तहका विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आज देशभरबाट १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदमा लागि उम्मेदवारी दर्ता भएको हो ।
आयोगले उम्मेदवारी दर्तालाई व्यवस्थित गर्न दुई दिनको समय तोकेको थियो । तर पहिलो दिन उम्मेदवारी दर्ता गर्नेहरु अधिकाशं स्वतन्त्र उम्मेदवार छन् । राजनीतिक दलहरुले अन्तिम दिनमात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
निर्वाचन आयोगकाअनुसार पहिलो दिन उम्मेदवारी दर्तामा खासै उत्साह देखिएको छैन । दर्ता भएका अधिकाशं उम्मेदवारी स्वतन्त्रतर्फका छन् ।
दर्ता भएको कुल संख्यामा महिला उम्मेदवारको संख्या ३ हजार ५ सय ६ जना रहेका छन् । प्रमुख तथा अध्यक्षका लागि कुल ९ सय ८७ जनाको उम्मेदवारी दर्ता भएकोमा ७७ जना महिला छन् ।
यस्तै अघिल्लो निर्वाचनमा अधिकाशं उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार थिए । यस पटक उक्त पदमा पनि पुरुषको बर्चश्व बढ्ने संकेत देखिएको छ । पहिलो दिन उपप्रमुख तथा उपाध्यक्षमा ५०८ जनाको उम्मेदवारी दर्ता भएकोमा ३ सय ९५ जना महिला र १ सय १३ जना पुरुष छन् ।
वडाध्यक्षका लागि कुल २ हजार ९ सय २१ उम्मेदवारी दर्ता भएको छ । त्यसमध्ये १ सय ७ जना महिला उम्मेदवार छन् । खुल्ला सदस्यतर्फ ३ हजार ३ सय ३८ जनाको उम्मेदवारी दर्ता भएको छ । महिला सदस्यतर्फ एक हजार ५ सय ७६ जना र दलित महिला सदस्यतर्फ एक हजार २ सय ३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया