सत्ता गठबन्धनबीच फेरि चार बुँदे सहमति !
काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेलका विषयमा धेरै जिल्लामा विरोध हुन थालेपछि गठबन्धन दलले फेरि चार बुँदे सहमति गरेका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले पाँच दल बाहिर तालमेल नगर्ने, मनोनयन अघिसम्म बाँडफाँट मिलाउन अधिकतम कोशिश गर्ने, बाँकी विषय भोलि बिहान पार्टी अध्यक्षहरू बसेर मिलाउने र विगतका सझदारीलाई सबै पक्षले इमान्दारीसाथ पालना गर्ने सहमति भएको जानकारी प्रचण्डका प्रेस संयोजक रमेश मल्लले दिए ।
कतिपय जिल्लामा गठबन्धनका प्रमुख दलले कुनै सिट नपाएपछि तनावकाे स्थिति सिर्जना भएकाे छ । ललितपुरमा नेकपा एसले कुनै पनि स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष कुनै पनि पाएन । ललितपुरमा नेकपा एसले एक्लै उम्मेदवारी दिनेसम्मकाे तयारी गरेकाे छ ।
यस्ता छन् निर्णय
१.पाँच दल बाहिर तालमेल नगर्ने
२.भोलि मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिक्तम कोशिस गर्ने
३.भोलि बिहान ८ बजे अध्यक्षहरू बसेर बाँकी मिलाउने
४. विगत समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया