सत्ता गठबन्धनबीच फेरि चार बुँदे सहमति !

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेलका विषयमा धेरै जिल्लामा विरोध हुन थालेपछि गठबन्धन दलले फेरि चार बुँदे सहमति गरेका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले पाँच दल बाहिर तालमेल नगर्ने, मनोनयन अघिसम्म बाँडफाँट मिलाउन अधिकतम कोशिश गर्ने, बाँकी विषय भोलि बिहान पार्टी अध्यक्षहरू बसेर मिलाउने र विगतका सझदारीलाई सबै पक्षले इमान्दारीसाथ पालना गर्ने सहमति भएको जानकारी प्रचण्डका प्रेस संयोजक रमेश मल्लले दिए ।
कतिपय जिल्लामा गठबन्धनका प्रमुख दलले कुनै सिट नपाएपछि तनावकाे स्थिति सिर्जना भएकाे छ । ललितपुरमा नेकपा एसले कुनै पनि स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष कुनै पनि पाएन । ललितपुरमा नेकपा एसले एक्लै उम्मेदवारी दिनेसम्मकाे तयारी गरेकाे छ ।
यस्ता छन् निर्णय
१.पाँच दल बाहिर तालमेल नगर्ने
२.भोलि मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिक्तम कोशिस गर्ने
३.भोलि बिहान ८ बजे अध्यक्षहरू बसेर बाँकी मिलाउने
४. विगत समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया