उपेन्द्रका छोरा विराटनगर महानगरको उपमेयर उम्मेदवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिका उपप्रमुख (उपमेयर) पदको उम्मेदवार अमरेन्द्र यादवलाई बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको बैठकले कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयर बनाउने निर्णय भएको हो । विधिशास्त्रमा स्नातकोत्तर गरेका यादव लामो समय बेलायत र अमेरिका बसेका थिए ।
दलका नेताहरूले राजकीय पदमा आफ्ना नातागोता, भाइ–भतिजालाई नियुक्त गरेको आरोप खेपिरहेका बेला अध्यक्ष यादवले पनि त्यसलाई निरन्तरता दिएका छन् ।
सत्ता गठबन्धन दलहरूको भागबण्डामा विराटनगरको प्रमुख र उपप्रमुख जसपाले पाउने सहमति भएको थियो । कांग्रेसले प्रमुख (मेयर)को उम्मेदवार नागेश कोइरालाले बनाउने निर्णय गरिसकेको छ ।
अन्ततः शेखरको अडानबीच विराटनगर मेयरको उम्मेदवारमा यसरी भयो नागेशको ‘इन्ट्री’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया