गठबन्धनका तर्फबाट बुटवलको मेयरमा पाण्डेको उम्मेदवारी
रुपन्देही । आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा नेपाली कांग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ ।
बुटवल उपमहानगरपालिकाको मेयर (प्रमुख)मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना कार्यकर्ताका साथमा आज उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
पाँचदलीय गठबन्धन भए पनि कांग्रेसका नेता कार्यकर्ताका साथ उम्मेदवारी दर्ताका लागि पाण्डे निर्वाचन आयोग पुगेका थिए । उम्मेदवारी दर्ता गराउनु पूर्व सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले पूर्वाधार विकासका कामलाई प्राथमिकता दिने बताए । बुटवलको सडक, खानेपानी र सुकुम्बासी समस्या समाधानको कामलाई पूर्णता दिने उनको भनाइ छ ।
गठबन्धनका तर्फबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङले उम्मेदवारी दिँदै छन् । यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ । पद बाँडफाँटको विषयमा गठबन्धन दलमा विवाद भएपछि कांग्रेसले एकलरुपमै प्रमुखसहित अन्य वडाका पदमा उम्मेदवारी दर्ता गराएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया