मदन र बिपीलाई माल्यार्पण गर्दै भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीले उम्मेदवारी दर्ता गराए
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
सोमबार जिल्ला पार्टी कार्यालय भरतपुरबाट बाजागाजासहित गएका सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
सुवेदीले उम्मेदवारी दर्ता गर्नुअघि एमालेका आदर्श नेता मदन भण्डारी र कांग्रेसका संस्थापक बिपी कोइरालाको शालिकलाई माल्यार्पण गरेका थिए ।
सुवेदीले आफू एमालेको मात्र नभएर कांग्रेसलगायत सबै दलको उम्मेदवार भएको बताएका छन् । यसअघि पनि उने आफूले कांग्रेसको मतले जित्ने दाबी गरेका थिए ।
सुवेदीले आगामी ३० मा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको उम्मेदवार रेनु दाहालसँग प्रतिस्पर्धा गर्दैछन् । राप्रपासँग चुनावी तालमेल गर्ने सहमति भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया