१८ हजारको मतान्तरले पोखरा महानगरमा जित निकाल्ने गठबन्धनका उम्मेदवार आचार्यको दाबी

काठमाडौं । पोखरा महानगरपालिकाको गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा १५ देखि १८ हजारको मतान्तरले विजयी हुने दावी गरेका छन् ।
उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा आचार्यले उक्त दाबी गरेका हुन् ।
उनले कांग्रेस नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई साक्षी राख्दै भने,– यो मेरो उम्मेदवारी होइन, हाम्रो उम्मेदवारी हो । वैशाख ३० मा हुने मतदानमा आचार्यले आफ्नै पूर्वसहकर्मी कृष्ण थापासँग प्रतिस्पर्धा गर्दै छन् ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया