१८ हजारको मतान्तरले पोखरा महानगरमा जित निकाल्ने गठबन्धनका उम्मेदवार आचार्यको दाबी
काठमाडौं । पोखरा महानगरपालिकाको गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले आगामी स्थानीय तहको निर्वाचनमा १५ देखि १८ हजारको मतान्तरले विजयी हुने दावी गरेका छन् ।
उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा आचार्यले उक्त दाबी गरेका हुन् ।
उनले कांग्रेस नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई साक्षी राख्दै भने,– यो मेरो उम्मेदवारी होइन, हाम्रो उम्मेदवारी हो । वैशाख ३० मा हुने मतदानमा आचार्यले आफ्नै पूर्वसहकर्मी कृष्ण थापासँग प्रतिस्पर्धा गर्दै छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया