गठबन्धनकै नेताप्रति संकेत गर्दै झाक्रीले भनिन्, ‘दम्भको हिसाब एकदिन मिलान गर्नुपर्ने छ’

काठमाडौं । एकीकृत समाजवादीकी नेता तथा सहरी विकासमन्त्री रामकुमारी झाक्रीले स्थानीय निर्वाचनका लागि तालमेल गर्दा सत्ता गठबन्धनमा उचित भागबण्डा नभएको बताएकी छिन् । केही जिल्लामा आफ्नो पार्टी एकीकृत समाजवादीविनै तालमेल भइरहेकोप्रति संकेत गर्दै उनले यस्तो बताएकी हुन् ।
कतिपयको दम्भका कारण गठबन्धनमा सन्तोषजनक र सम्मानजनक भागबण्डा नभएको मन्त्री झाक्रीको तर्क छ । एकदिन दम्भको हिसावकिताब मिलाउनुपर्नै दिन आउनसक्छ भन्दै उनले चेतावनीसमेत दिएकी छिन् ।
‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठबन्घनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो । यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एकदिन यसको हिसाब मिलान गर्नुपर्ने छ । बस !’
गठबन्धनको तर्फबाट काठमाडौंको उपमेयरका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता : फोहरलाई मोहरमा बदल्छौँ
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया