गठबन्धनकै नेताप्रति संकेत गर्दै झाक्रीले भनिन्, ‘दम्भको हिसाब एकदिन मिलान गर्नुपर्ने छ’
काठमाडौं । एकीकृत समाजवादीकी नेता तथा सहरी विकासमन्त्री रामकुमारी झाक्रीले स्थानीय निर्वाचनका लागि तालमेल गर्दा सत्ता गठबन्धनमा उचित भागबण्डा नभएको बताएकी छिन् । केही जिल्लामा आफ्नो पार्टी एकीकृत समाजवादीविनै तालमेल भइरहेकोप्रति संकेत गर्दै उनले यस्तो बताएकी हुन् ।
कतिपयको दम्भका कारण गठबन्धनमा सन्तोषजनक र सम्मानजनक भागबण्डा नभएको मन्त्री झाक्रीको तर्क छ । एकदिन दम्भको हिसावकिताब मिलाउनुपर्नै दिन आउनसक्छ भन्दै उनले चेतावनीसमेत दिएकी छिन् ।
‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठबन्घनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो । यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एकदिन यसको हिसाब मिलान गर्नुपर्ने छ । बस !’
गठबन्धनको तर्फबाट काठमाडौंको उपमेयरका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता : फोहरलाई मोहरमा बदल्छौँ
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया