ताप्लेजुङको ओलाङचुङगोलामा वडाध्यक्षसहित सबै वडा सदस्य निर्विरोध निर्वाचित
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ का सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सो वडामा एक–एक जनाको मात्र मनोनयन दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
फक्ताङलुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडा सदस्य चयन गरी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।
उनका अनुसार उक्त वडाको वडाध्यक्षमा छेतेन लामा शेर्पा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाङ्फेले मनोनयन दर्ता गरेका थिए ।
निर्विरोध निर्वाचित हुने सबैजना स्वतन्त्र उम्मेदवार हुन् ।
२०७९ को स्थानीय निर्वाचनमा निर्वाचित हुने फक्ताङलुङ पहिलो स्थानीय तह बनेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया