विपक्षीको अवरोधपछि राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित
काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाको बैठकमा पनि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन साहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सुरुमा बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो ।
आकस्मिक समयमा सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए । राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट पनि छैन ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आन्दोलित सांसदहरूलाई बस्न र संसद्को नियमित कार्यसूची अगाडि बढाउन पटक–पटक आग्रह गरे ।
तर, अध्यक्ष दाहालको आग्रहलाई अस्वीकार गर्दै सांसदहरूले उभिएरै निरन्तर अवरोध र विरोध प्रदर्शन जारी राखेपछि बैठक मंगलबार दिउँसो १ : १५ बजे बस्ने गरि स्थगित भएको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया