NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

एमालेसँग मिलेका कांग्रेस नेता मल्ल पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवाले पार्टीबाट निष्कासित गरेका हुन् ।

मल्ललाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी निर्देशानअनुसार हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आजैमात्र एमालेसँग मिलेर उम्मेदवारी दिएका थिए ।

डडेल्धुरामा कांग्रेसकै असन्तुष्ट पक्ष एमालेसँग मिलेपछि देउवालाई झट्का