प्रचण्डपुत्री रेनुविरुद्ध उम्मेदवारी दिएका कांग्रेस नेताका घर–घर चहार्दै गृहमन्त्री खाँण
काठमाडौं । सत्ता गठबन्धनले भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाललाई मेयरमा उठाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छाेरीसमेत रहेकी रेनुविरुद्ध गठबन्धनको प्रमुख घटक कांग्रेसकै एक नेताले उम्मेदवारी दिएका छन् ।
ती बागी उम्मेदवार हुन् जगन्नाथ पौडेल । उनै बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन यतिबेला कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण चितवन गएका छन् ।
उनले त्यहाँ पौडेलका प्रस्ताव कृष्णलाल सापकोटालाई भेटेका छन् । कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सापकोटालाई भेटेर खाँणले पौडेलको उम्मेदवारी फिर्ता गराउन पहल गर्न आग्रह गरेका छन् ।
उनी सापकोटाको लंकुस्थित घरमा गएका हुन् ।
यस्तै, गृहमन्त्री खाँणले बिहीबार नै बागी उम्मेदवार पौडेललाई भेट्ने कार्यक्रम रहेको उनीनिकट स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया