NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

कांग्रेसको कडा रुलिङ, बागी र विद्रोही पार्टीबाट स्वतः निष्कासित

काठमाडौं । कांग्रेसले स्थानीय तह निर्वाचनमा विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने बताएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बागी उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र तिनका समर्थक प्रस्ताव स्वतः निष्कासित हुने उल्लेख छ ।

‘२०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश( बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ ।’

कांग्रेसमा सत्ता गठबन्धनसँग मिलेर उम्मेदवारी दिएका भरतपुर, डडेल्धुरा जिल्ला सहितका पालिकामा बागी उम्मदेवारी परेपछि कांग्रेसले यस्तो कडा रुलिङ गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष