बालुवाटारमा गठबन्धनको बैठक जारी, बागी उम्मेदवारीबारे निर्णय लिइने

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा यतिबेला जारी छ ।
बैठकमा पाँच दलका शीर्ष नेता उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेको छ । यसर्थ, गगबन्धविरुद्ध बागी उठेका उम्मेदवारबारे आजको बैठकले निर्णय गर्ने बताइएको छ ।
यसअघि १४ गते बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै गठबन्धनभित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनीसमेत दिएको थियो ।
यसैबीच, सरकारकाे नेतृत्व गरिरहेको कांग्रेसले स्थानीय तह निर्वाचनमा विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने बताएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र तिनका समर्थक प्रस्ताव स्वतः निष्कासित हुने उल्लेख छ ।
कांग्रेसको कडा रुलिङ, बागी र विद्रोही पार्टीबाट स्वतः निष्कासित
ताजा अपडेट
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
प्रतिक्रिया