बालुवाटारमा गठबन्धनको बैठक जारी, बागी उम्मेदवारीबारे निर्णय लिइने
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा यतिबेला जारी छ ।
बैठकमा पाँच दलका शीर्ष नेता उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेको छ । यसर्थ, गगबन्धविरुद्ध बागी उठेका उम्मेदवारबारे आजको बैठकले निर्णय गर्ने बताइएको छ ।
यसअघि १४ गते बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै गठबन्धनभित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनीसमेत दिएको थियो ।
यसैबीच, सरकारकाे नेतृत्व गरिरहेको कांग्रेसले स्थानीय तह निर्वाचनमा विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने बताएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र तिनका समर्थक प्रस्ताव स्वतः निष्कासित हुने उल्लेख छ ।
कांग्रेसको कडा रुलिङ, बागी र विद्रोही पार्टीबाट स्वतः निष्कासित
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया