वडा सदस्यमा उठेका ‘डिट्ठासाब’का एजेण्डा यस्ता
काठमाडौं । कलाकार किशोर भण्डारी ‘डिट्ठासाब’ले आसन्न स्थानीय निर्वाचन लड्ने भएका छन् ।
उनले सत्ता गठबन्धनको एउटा घटक नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।
कलाकार भण्डारीले काठमाडौंको तारकेश्वर नगरपालिका २ को वडा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी काभ्रेस्थलीका स्थायी बासिन्दा हुन् ।
जनताको व्यक्तित्व विकास गर्ने आफ्नो प्रमुख एजेण्डा भएको उनले नेपालवाचलाई बताए ।
‘विकासको एजेण्डा त सबैको हुन्छ । मैले चाहिँ मानिसको व्यक्तित्व विकासलाई प्रमुख एजेण्डा बनाएको छु’, उनले भने, ‘यसमा शिक्षा र स्वास्थ्यजस्ता विषय पर्छन् । बूढाबूढी, बालबच्चा र असक्तलाई घरमै गएर उपचार दिने व्यवस्था मिलाउने मेरो लक्ष्य छ ।’
भण्डारी कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको डिट्ठासाब हाँस्य टेलिश्रृंखलामा ‘डिट्ठा साब’कै भूमिकामा छन् । उनी यसै पात्रबाट चर्चित बनेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया