दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित
जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छिन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य पदमा अरुको उम्मेदवारी नपरेकोले रिपुकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।
यस्तै महोत्तरीको बर्दिवास नगरपालिका–७ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया