एमालेबाट उपाध्यक्ष उम्मेदवार बनेकी भण्डारीले गरिन् विद्रोह
काठमाडौं । माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने विषयलाई लिएर एमाले सिन्धुपाल्चोक कमिटीमा भाँडभैलो भएको छ ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रले छु्ट्टा–छुट्टै उम्मेदवार उठाएका थिए । तर उम्मेदवारी दर्ता भएपछि दुई पर्टीबीचको सहमतिमा उपाध्यक्ष माओवादीलाई छाड्ने सहमति भएपछि एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी मञ्जु नेपाल भण्डारीले विद्रोह गरेकी छिन् ।
भण्डारीले एक विज्ञप्ति जारी गर्दै पार्टीको विभिन्न तहबाट आफूलाई उपाध्यक्ष बनाउन सिफारिस भए पनि केही व्यक्तिले षड्यन्त्र गरेको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
‘षड्यन्त्र र जालझेलपूर्वक केही व्यक्तिले पार्टीको निर्णय भन्दै उम्मेदवारी खारेज गरेर एक निर्भिक अन्यायमा पारिएको छ’, उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्, ‘यसमा अहंकार, इष्र्या र लोभ मात्र नभइ आर्थिक चलखेल भएकोले विद्रोह गर्न सहयोग गरेको छ । २४ वर्षदेखि अनवरत सक्रिय रहेको पार्टी एमालेबाट साधारण सदस्यसमेत नरहने गरी अलग भएको छु ।’
उनले जनता र कार्यकर्ताले चाहेको उम्मेदवारलाई मैदानमा आउन रोकेर पार्टीको विजय हुन नसक्ने ठोकुवा गरेकी छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया