चुनाव गाउँमा, प्रचार काठमाडौंमा !
काठमाडौं । उम्मेदवारहरू मत माग्न घरदैलो गरिरहेका छन् । तर दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङ गाउँ सुनसान छ । मतदाता गाउँमा भन्दा काठमाडौंतिर बस्ने भएकाले उम्मेदवारहरूको घरदैलो पनि उतै छ ।
गाउँको एक मात्र प्राथमिक विद्यालय दुई दशकयता बन्द छ । स्थानीय बासिन्दा छोराछोरी पढाउनका लागि भए पनि काठमाडौं जान बाध्य छन् । ६५ जनाले सगरमाथा आरोहण गरेकाको गाउँ भएकाले पनि यहाँका धेरै जना ट्रेकिङ गाइड र अन्य पर्यटन व्यवसाय गरेर काठमाडौंमै बस्छन् ।
बेदिङको जनसंख्या ३११ भए पनि ०७९ को मतदाता नामावलीमा ९५ जना मात्र छन् । तीमध्ये १५ घरका बाहेक अरू सबै मतदाता काठमाडौंतिरै छन् । स्थानीय ५० वर्षीया निङ्माफुटी शेर्पालाई अहिलेसम्म कुनै चुनावमा उम्मेदवारहरू भोट माग्न बेदिङ आएको अनुभव छैन । मतदाता गाउँमा नभएकाले उम्मेदवारहरू काठमाडौंतिरै जाने गरेको उनले बताइन् ।
काठमाडौंमा बस्ने बेदिङका दावाछिरिङ शेर्पा भन्छन्, ‘चुनावमा गाउँमा गर्नुपर्ने कार्यक्रम हाम्रो काठमाडौंमै हुन्छ,’ उनले भने, ‘आज पनि एउटा पार्टीले एउटा कार्यक्रममा बोलाएको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया