मेयरमा हार्ने भएपछि भुवन स्वागत नेपालको पार्टी छोडेर कांग्रेसतिर लागे

काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । केसीले आफूसँगै कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई पनि कांग्रेस प्रवेश गराएको बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहितका कलाकारलाई आज पार्टीमा स्वागत गरेका छन् ।
करिब आठ वर्षअघि अभिनेता केसी एमालेमा प्रवेश गरेका थिए । उनी ७० को संविधानसभा चुनावअघि एमाले प्रवेश गरका हुन् ।
केसीलाई एमालेले काठमाडौंको चर्चित क्षेत्र नम्बर १ मा उम्मेद्वार बनाएको थियो ।
मदन भण्डारीको क्षेत्रसमेत रहेको कम्युनिस्ट लाल किल्लामा गैरराजनीतिक व्यक्तिलाई टिकट दिएको भन्दै एमालेभित्रबाट तीव्र विरोध भयो । त्यसपछि अन्तिम अवस्थामा उनको टिकट खोसियो ।
पाएको टिकट खोसिएपछि असन्तुष्ट रहेका केसी त्यसयता राजनीतिमा निष्कृय रहेका थिए । यद्यपि, उनी राप्रपामा प्रवेश गर्ने चर्चा चल्यो । तर, त्यो केवल हल्लामै सीमित भयो ।
उनै अभिनेता केसी आठ वर्षपछि पुनः अर्को पार्टीमा प्रवेश गरेका छन् । कांग्रेसमा प्रवेश गर्नुअघि उनी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी प्रवेशको तयारीमा थिए । उन्नत लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिने तयारीमा रहेका केसी चुनाव हार्ने निष्कर्ष निकाल्दै अघि बढेनन् । सोही समयमा उनले कांग्रेसमा पनि लगातार संवाद अघि बढाएका थिए । अन्ततः उनी कांग्रेस प्रवेश गरेका छन् ।
केसीलाई कांग्रेस प्रवेश गराउन अर्का वरिष्ठ कलाकार नीर शाहले सहयोग गरेको बताइएको छ । कुनैबेला राजावादी रहेका शाह गणतन्त्र आएपछि माओवादीमा प्रवेश गरेका थिए । केही वर्षअघि फेरि उनी कांग्रेस भएका छन् ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया