बजेट तर्जुमाको लागि नागरिकको सुझाब माग्दै कर्णाली प्रदेश
कर्णाली । कर्णली प्रदेशले बजेट तर्जुमाको लागि नागरिकको सुझाब मागिरहेको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को बजेट तर्जुमाका लागि जागरिक तहसम्म सुझाब लिन थालेको हो ।
प्रदेश सरकार तथा आर्थिक मामिला तथा योजना मन्त्रालयले वेवसाइटमार्फत बजेट तर्जुमा कार्य सुरु भएको सूचना जारी गर्दै त्यसलाई सहभागितामूलक बनाउन राय तथा सुझाब दिन सरोकालवाला तथा विज्ञलाई अनुरोध गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बजेट तथा कार्यक्रम समावेश गर्न उपयुक्त हुने आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार तथा शासकिय प्रबन्ध र विषयसँग सम्बन्धित सुझावका लागि उक्त सूचना जारी गरिएको बताए ।
विष्टले विगत चार वर्षको बजेट निमार्ण र कार्यान्वयनको समग्र पक्षको समिक्षा गर्दै राम्रा पक्षबाट शिक्षा लिने तथा सच्याउनु पर्ने पक्षलाई सच्याउँदै प्रदेशको आवश्यकता टेकेर कार्यान्वयनयोग्य बजेट निर्माण गर्न खोजेको तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट निमार्ण गरिनेसमेत उल्लेख गरे । उनले गरिबि हटाउने, रोजगारी सिर्जना गर्ने सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्ने विशिष्टता बोकेको क्रियाकलापमा आधारित बजेट तथा कार्यक्रम ल्याउनेसमेत दाबि गरे । विष्टले यसका लागि मन्त्रालय, निकाय तथा कार्यालयलाई मार्ग निर्देशनको आधार मानिने जिकीर गरेका छन् ।
त्यस्तै उक्त सन्र्दभमा प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्रमा रहेर बजेट तर्जुमा गरिने बताए । शाहीले प्रदेश सरकारले कर्णाली शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनसँग सम्बन्धित योजनालाई पनि महत्व दिएर अघि बढ्ने जनाए । उनले संघीय सरकारले दिने अनुदानमा कमी आउने भएकाले कर्णाली सरकारको अबको बजेट २९ अर्बसम्म हुने अनुमान गर्न सकिने कुरासमेत उल्लेख गरेका छन् ।
बजेट तर्जुमाको लागि आउँदो जेठ १५ गतेसम्म सुझाब पठाइसक्नु पर्ने प्रदेशले जनाएको छ । साथै प्रदेशले सरोकारवालासहित विज्ञहरुलाई बजेट तर्जुमासँगै राय सुझाब इमेलमाफत पठाउन आग्रह गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया