भरतपुरमा पाँच वर्षमा कास्टिङ देखायौं, अबको पाँच वर्षमा फिल्म देखाउँछौं : रेनु दाहाल
काठमाडौं । सत्ता गठबन्धनबाट भरतपुरमा मेयरकी उम्मेदवार रेनु दाहालले पाँच वर्षमा कास्टिङ देखाएको भन्दै अब जितेर पूरै फिल्म देखाउने बताएकी छिन् ।
‘हामीले पाँच वर्षमा टाउको झुकाउन र लुकाउन नपर्ने गरी काम गरेका छौं । पाँच वर्षमा यो कास्टिङमात्रै हो’ भरतपुरमा चुनावी सभामा रेनुले भनिन्, ‘अबको पाँच वर्षमा भरतपुरको विकासबारे फिल्म देखाउँछौं ।’
विकास पूर्वाधारका विषयमा पाँच वर्षमा धेरै काम देखाएको भन्दै उनले अबको पाँच वर्षमा गौरवका काम गर्ने बताइन् । विकास र समृद्धिको लागि स्मार्ट सिटी बनाउने, रोजगार, पूर्वाधारलाई प्रभावकारी बनाउने उनको भनाई छ । गठबन्धनले मिलेर उम्मेदवरा उठाएको भन्दै उनले जित सुनिश्चित भएको बताइन् ।
‘विवाद छैन, जित सुनिश्चित छ । हामीले मिलेर उम्मेदवार उठाएका छौं’ उनले भनिन्, ‘गठबन्धनको भविष्य, दीर्घकालीन ढंगले अघि बढ्छ । हामी ऐतिहासिक अभिभारालाई अघि बढाउँछौं । आपसी विश्वासले हामीलाई राम्रो कामतर्फ अघि बढाउँछ ।’
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया