महाअभियोग दर्ता प्रकरणमा एमालेले संसदीय दलको बैठक बोलायो
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई षड्यन्त्र भनेको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिपक्षी दललाई जानकारी नै नदिई प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गर्नु आफैँमा शंकास्पद भएको बताए ।
उनले यसबारे निर्णय लिन पार्टीले भोली सोमबार ११ बजे संसदीय दलको बैठक बोलाएको बताए । उनले महाअभियोग दर्ता भएको सन्दर्भमा पार्टीको धारणा र निर्णय लिने बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया