ओलीले नेपाली जनताको मायाको बदला संविधान र संघीयता समाप्त पार्न खोजे : मन्त्री श्रेष्ठ
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले केपी ओली नेतृत्वको पार्टीलाई जनताले माया गरेर बहुमत दिएको तर त्यसको बदला उनले गणतन्त्र समाप्त गर्न लागेको आरोप लगाए ।
‘हिन्दूहरूले गाईलाई गौमाताको रुपमा पुज्छन् । दूधका लागि मिठा–मिठा खाना दिन्छन् । ओलीको पार्टीलाई पनि त्यही सम्झेर नेपाली जनताले भोट दिएर जिताए तर गाई थारो परेछ’, गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभामा उनले भने, ‘ओलीले जनमतको म्याण्डेटविपरीत संघीयता, संविधान र गणतन्त्र नै समाप्त पार्ने काम गरे ।’
श्रेष्ठले ओलीको अलोकतान्त्रिक चरित्रका विरुद्ध लड्न गठबन्धन बनाउन परेको बताए ।
त्यस्तै उनले बहुदल स्थापनापछिको ३० वर्षमा काठमाडौं महानगरमा केही पनि परिवर्तन नभएका गुनासो गरे । त्यसतर्फ अब निर्वाचति हुने जनप्रतिनिधिले ध्यान दिन उनले आग्रहससमेत गरे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया