एक्लै चुनाव जित्ने भ्रमबाट मुक्त हुन गठबन्धनका नेताहरूलाई माधव नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक्लै चुनाव जित्ने भ्रमबाट मुक्त हुन गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् । उनले अहिले पनि गठबन्धनको विकल्प नभएको भन्दै प्रतिगामी शक्तिको चुनौति कायमै रहेको बताए ।
‘ओली नेतृत्वका गठबन्धनमा प्रतिगामी, लोकतन्त्र, संघीयता र गणतन्त्रविरोधी शक्ति रहेको छ’, शुक्रबार गठबन्धनले काठमाडौंमा गरेको चुनावी सभामा उनले भने, ‘कहीँ नभएको जात्रा ओली नेतृत्वको सरकारको पालामा देख्न पाइयो । आफू प्रगतिशील शक्तिमा रहेकाले ओलीको प्रतिगमनविरुद्ध विद्रोह गरेको हुँ ।’
नेता नेपालले काठमाडौंको समस्यालाई गुरुयोजना बनाएर अगाडि बढाउन उम्मेदवारहरूलाई आग्रह गरे । नेपाली जनता गफाडी र झुटा आश्वासनको पछाडि नलाग्ने भन्दै उनले ५० वर्षको योजना बनाएर काम गर्न आग्रह गरे ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया