काठमाडौंको फोहोर देखेर लाज लाग्यो : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोर देखेर आफूलाई लाज लागेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस विषयमा सम्बन्धित निकायलाई बोलाएर फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको बताए ।
‘काठमाडौंको फोहोर देखेर मलाई लाज लागेको छ । फोहोर व्यवस्थापन गर्न सबन्धित निकायलाई बोलाएर मैले निर्देशन दिएको छु’, प्रधानमन्त्रीले भने ।
सभामा प्रधानमन्त्री देउवाले राम्रा काम गर्नेलाई पुरस्कार दिनुपर्नेमा झनै खेदो खनेको भन्दै आक्रोस पोखे ।
‘काठमाडौंका समस्या समाधान गर्न सिर्जनाजी (मेयरकी उम्मेदवार सिर्जना सिंह)ले कति राम्रो योजना ल्याउनुभएको छ । भरतपुरमा रेनु (प्रचण्डपुत्री रेनु दाहाल)ले राम्रा काम गरेर देखाएकी छिन्’, प्रधानमन्त्री देउवाले भने, ‘यी दुवै उम्मेदवारलाई अत्याधिक मत दिएर जिताउन म सबैमा आग्रह गर्छु ।’
प्रधानमन्त्री देउवाले नेता प्रकाशमान सिंहतर्फ हेर्दै गठबन्धनतर्फबाट काठमाडौंको उम्मेदवार बनेकी सिर्जना योग्य र क्षमातावान भए पनि श्रीमती भएकै कारण बोल्न डराएको आरोप लगाए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया