रातभरमा काठमाडौं फर्किसक्न एमाले सांसदहरूलाई निर्देशन
काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई आज रातभरीमा काठमाडौ आइसक्न निर्देशन दिएको छ ।
सत्तारुढ दलहरुले संसदमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेलगत्तै एमालेले आफ्ना सांसदहरुलाई यस्तो निर्देशन दिएको हो । एमालेले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगलाई अप्रत्याशित भनेको छ ।
घोषणा गरिएको स्थानीय निर्वाचन भाँड्न, एमालेलाई उत्तेजीत गर्न र नयाँ षड्यन्त्रको थालनी गर्न सत्तारुढ दलहरुले यस्तो कदम चालेको एमालेको आरोप छ ।
सत्तारुढ दलले प्रमुख प्रतिपक्षसँग समन्वय नगरी प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएकाले उचित प्रतिक्रिया दिनुपर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले नेपालवाचसँग भने ।
उनले एमालेले महाअभियोगको प्रतिवाद गर्न बिशेष निर्णय लिनसक्ने बताए । ‘हामीले महाअभियोगको पक्षमा उभिने की नउभिने भन्नेमात्रै निर्णय गरेर पुग्दैन ।, भट्टराईले भने, यो परिस्थिती सिर्जना हुनका लागि जिम्मेवारविरुद्ध उपयुक्त निर्णय लिनुपर्छ ।’
नेकपा एमालेका अर्का एक सांसदले संविधानभन्दा बाहिर गएर परमादेश जारी गर्ने अन्य न्यायाधीशविरुद्ध पनि महाअभियोग दर्ता हुनसक्ने बताएका छन् । यसबारे भोली विहान ११ बजे संसद भवन बानेश्वरमा बस्ने एमाले संसदीय दलको बैठकले निर्णय लिने ति सांसदले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया