रातभरमा काठमाडौं फर्किसक्न एमाले सांसदहरूलाई निर्देशन
परमादेश जारी गर्ने न्यायाधीशविरुद्ध महाअभियोग दर्ता हुनसक्ने

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई आज रातभरीमा काठमाडौ आइसक्न निर्देशन दिएको छ ।
सत्तारुढ दलहरुले संसदमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेलगत्तै एमालेले आफ्ना सांसदहरुलाई यस्तो निर्देशन दिएको हो । एमालेले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगलाई अप्रत्याशित भनेको छ ।
घोषणा गरिएको स्थानीय निर्वाचन भाँड्न, एमालेलाई उत्तेजीत गर्न र नयाँ षड्यन्त्रको थालनी गर्न सत्तारुढ दलहरुले यस्तो कदम चालेको एमालेको आरोप छ ।
सत्तारुढ दलले प्रमुख प्रतिपक्षसँग समन्वय नगरी प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएकाले उचित प्रतिक्रिया दिनुपर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले नेपालवाचसँग भने ।
उनले एमालेले महाअभियोगको प्रतिवाद गर्न बिशेष निर्णय लिनसक्ने बताए । ‘हामीले महाअभियोगको पक्षमा उभिने की नउभिने भन्नेमात्रै निर्णय गरेर पुग्दैन ।, भट्टराईले भने, यो परिस्थिती सिर्जना हुनका लागि जिम्मेवारविरुद्ध उपयुक्त निर्णय लिनुपर्छ ।’
नेकपा एमालेका अर्का एक सांसदले संविधानभन्दा बाहिर गएर परमादेश जारी गर्ने अन्य न्यायाधीशविरुद्ध पनि महाअभियोग दर्ता हुनसक्ने बताएका छन् । यसबारे भोली विहान ११ बजे संसद भवन बानेश्वरमा बस्ने एमाले संसदीय दलको बैठकले निर्णय लिने ति सांसदले बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया