मुलुकलाई यथास्थितिमा राख्न कांग्रेसले षड्यन्त्र गर्याे : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई यथास्थितिमा राख्न कांग्रेसले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
आइतबार बिहान पत्रकार सम्मेलन गरी ओलीले कांग्रेसले अनुचित पार्टीसँग साँठगाँठ एमालेलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।
‘कांग्रेसले मुलुकलाई यथास्थितिमा राख्न अनुचित पार्टीलाई बोकेर हिडेको छ । कांग्रेसले एमालेलाई कमजोर बनाउने, परिवर्तन र विकासको गतिलाई यथास्थितिमा राख्ने र आफ्नो स्वार्थ पूर्ति पूरा गर्न षड्यन्त्र गरिरहेको छ’, उनले भने, ‘एमालेको सरकार नभएसम्म देश विकास हुन सक्दैन । वैशाख ३० मा एमालेका उम्मेदवारलाई मतदान गरी जिताउन आग्रह गर्दछु ।’
एमाले नेतृत्वको सरकारले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौम सत्ता अक्षुण राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्दै उनले २७ वर्षमा कांग्रेसले मुलुकलाई अध्यारो सुरूङमा लगेको आरोप लगाए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया