देउवाको दाबी– ओलीले जिते राजतन्त्र फर्काउन सक्छन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओलीको पार्टी एमालेले चुनाव जिते राजतन्त्र फर्काउन सक्ने दाबी गर्दै त्यसलाई रोक्न पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
पोखरा महानगरपालिकाको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ओली स्वयं र उनको पार्टी एमाले गणतन्त्रको विपक्षमा रहेको आरोप लगाए ।
ओलीले जिते पुनः संसद् भंग गरिदिने देउवाले ठोकुवासमेत गरे ।
‘ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छ । ओली र उनको पार्टी प्रजातन्त्र र गणतन्त्रको खिलाफमा छन्’, उनले भने, ‘गठबन्धन बचाउनका लागि पोखरासँगै देशैभरी गठबन्धनकै उम्मेदवारलाई जिताउन जरुरी छ ।’
देउवाले ओलीले संसद् भंग गरेपछि त्यसको विरुद्धमा सत्ता गठबन्धन बनेको स्मरण गर्दै सो बचाएर राख्नु सबैको दायित्व भएको बताए ।
भरतपुर महानगरमा उच्च सुरक्षा सतर्कता, देउवा र ओलीका गृहनगर संवेदनशीलमा
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया