देउवाको दाबी– ओलीले जिते राजतन्त्र फर्काउन सक्छन्
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओलीको पार्टी एमालेले चुनाव जिते राजतन्त्र फर्काउन सक्ने दाबी गर्दै त्यसलाई रोक्न पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
पोखरा महानगरपालिकाको चुनावी सभालाई आइतबार सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ओली स्वयं र उनको पार्टी एमाले गणतन्त्रको विपक्षमा रहेको आरोप लगाए ।
ओलीले जिते पुनः संसद् भंग गरिदिने देउवाले ठोकुवासमेत गरे ।
‘ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छ । ओली र उनको पार्टी प्रजातन्त्र र गणतन्त्रको खिलाफमा छन्’, उनले भने, ‘गठबन्धन बचाउनका लागि पोखरासँगै देशैभरी गठबन्धनकै उम्मेदवारलाई जिताउन जरुरी छ ।’
देउवाले ओलीले संसद् भंग गरेपछि त्यसको विरुद्धमा सत्ता गठबन्धन बनेको स्मरण गर्दै सो बचाएर राख्नु सबैको दायित्व भएको बताए ।
भरतपुर महानगरमा उच्च सुरक्षा सतर्कता, देउवा र ओलीका गृहनगर संवेदनशीलमा
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया