प्रचण्डको अभिव्यक्तिको बचाउ गर्दै रेनुले दिइन् यस्तो जवाफ
काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुरमा भएको आमसभामा आफ्ना बुवा पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको बचाउ गरेकी छिन् ।
भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रचण्डले बोलेको कुराको अपव्याख्या भइरहेको बताइन् ।
प्रचण्डले राष्ट्रभक्तिपूर्ण अभिव्यक्ति दिएको तर त्यसलाई ट्वीस्ट गरिएको उनको भनाइ थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको ज्यादतिविरुद्ध बनेको गठबन्धन टुट्यो भने देश दुर्घटनामा जान्छ भनेर प्रचण्डले सचेतमात्र गराएको रेनुले दाबी गरिन् ।
‘प्रचण्डको राष्ट्रप्रेमपूर्ण भावनालाई गतल अर्थ लगाइयो । अलि अपव्याख्या गरियो । खासमा उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो’, उनले भनिन् ।
यही २२ वैशाखमा चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त आमसभामा प्रचण्डले रेनुको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा पर्ने अभिव्यक्ति दिएका थिए । यस अभिव्यक्तिलाई कतिपयले मतदातालाई धम्की दिएको भन्दै आलोचना गरिरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया