राप्रपा नेपालको अध्यक्ष भएकोमा थापालाई लिङ्देनको बधाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापालाई बधाई दिएका छन् ।
थापा राप्रपा नेपालको अध्यक्ष भएकोमा लिङ्देनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
‘राप्रपाका पूर्वअध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’, उनले फेसबुकमा लेखेका छन्, ‘आगामी जीवन सुखमय रहोस् ।’
राप्रपाका पूर्वअध्यक्ष थापाले आजैमात्र नयाँ पार्टी घोषणा गरेका हुन् । यसै हप्ता राप्रपाबाट बाहिरिएका थापाले राप्रपा नेपालको घोषणा गरेका हुन् ।
राप्रपा नेपाल राप्रपामा परिणत भएपछि पनि लाक्पा तामाङले निर्वाचन आयोगमा सो पार्टी दर्ता गरेरै राखेका थिए । थापा त्यसैको अध्यक्ष भएका हुन् ।
गत मंसिरमा भएको निर्वाचनमा लिङ्देनसँग पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्रले हप्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन् ।
अलमलपछि घर फर्किएको भन्दै कमल थापाले खोले ‘राप्रपा नेपाल’
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया