भरतपुरका महिलालाई रेनु दाहालको पत्र
चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट मेयर उम्मेदवार रहेकी रेनु दाहाल ले आफूलाई मतदान गर्न महिलाहरूलाई पत्र लेखी अपिल गरेकी छन् ।
आफू भरतपुर महानगरका बाँकी कार्यभार पूरा गर्ने अभियानमा रहेको भन्दै सहयोग गरिदिन उनले पत्रमा आग्रह गरेकी छन् ।
आफू मेयर रहँदा सबैको हौसला र सहकार्यले महानगरपालिकाको अनुहार फेर्न सुरु गरिसकेको भन्दै उनले बाँकी केही संकल्प र योजना पूरा गर्न पुनः निर्वाचित हुन चाहेको बताएकी छन् ।
‘महिलाका लागि भरतपुर अस्पतालमा निःशुल्क ओपिडी टिकटको व्यवस्था गरी सुरु भएको मेरो कार्यकालमा महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध सुरु भएको छ,’ उनले पत्रमा लेखेकी छन्, ‘दिदीबहिनीलाई आत्मनिर्भर बनाउन हजारौं सीपमूलक तालिम र रोजगारका कार्यक्रमहरू सञ्चालनमा ल्याएका थियौं । छोरी शिक्षा बीमा कार्यक्रममार्फत सबै छोरीहङको निःशुल्क बीमा गरी डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक, अधिवक्तालगायत राष्ट्रको असल नागरिक बन्ने सपना पूरा गर्ने अभियान चलाएका थियौं । ती सबै अभियानलाई सार्थक निष्कर्षमा पुर्याउन बााकी छ,’ उनले पत्रमा लेखेकी छन् । मेयरमा पुनः विजयी भएमा विद्युतीय बस सञ्चालन गरी भरतपुरका सबै दिदीबहिनीलाई महानगरभित्र निःशुल्क यातायात सेवा दिने उनले पत्रमा उललेख गरेकी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया