एमालेलाई जिताए फेरि-फेरि ओलीले संसद् भंग गर्न सक्छन् : देउवा
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई जिताए फेरि फेरि पनि संसद् भंग गर्न सक्ने जोखिम रहेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले फेरि पनि राजनीतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै सत्ता गठबन्धनलाई जिताउन अपिल गरेका हुन् ।
‘ओलीले यस अघि दुईपटकसम्म संसद् भंग गरे । फेरि पनि स्थानीय तह, प्रदेश र संघीय संसदमा एमाले जित्यो भने केपी ओलीले फेरि फेरि पनि संसद भंग गरेर राजनीतिक अस्थिरता मच्चाउनेछन्’ देउवाले भने, ‘त्यसलैले अस्थिरता मच्चाउने एमालेलाई होइन निकास दिने सत्ता गठबन्धनलाई देशभर जिताउनुस् ।’
स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलले जिते सरकार अझै बलियो बन्ने देउवाको भनाई थियो ।
बागी उम्मेदवारी फिर्ता नलिए कडा कारवाही गरिने चेतावनीसमेत देउवाले दिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया