तनहुँमा एमाले र सत्ता गठबन्धनबीच झडप, गाउँ समितिका सभापति घाइते
काठमाडौं । तनहुँमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
एक बालक बेपत्ता भएको विषलाई लिएर तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।
सोमबार सत्ता गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएका थिए ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आयोजना गरेको चुनावी उक्त सभामा गएका घिरिङ–५ का १३ वर्षीय ईश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बालक हराएपछि उनकी आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् ।
सोही विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकमा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।
झडपमा परेर गाउँ कार्यसमितिका सभापति यामबहादुर थापा घाइते भएका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया