तनहुँमा एमाले र सत्ता गठबन्धनबीच झडप, गाउँ समितिका सभापति घाइते

काठमाडौं । तनहुँमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
एक बालक बेपत्ता भएको विषलाई लिएर तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।
सोमबार सत्ता गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएका थिए ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आयोजना गरेको चुनावी उक्त सभामा गएका घिरिङ–५ का १३ वर्षीय ईश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बालक हराएपछि उनकी आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् ।
सोही विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकमा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।
झडपमा परेर गाउँ कार्यसमितिका सभापति यामबहादुर थापा घाइते भएका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया