सत्ता गठबन्धनको उम्मेदवारलाई भोट दिन गगनको अपिल
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले सत्ता गठबन्धनका सबै उम्मेदवारलाई भोट दिन अपिल गरेका छन् । काठमाडौंमा भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले गठबन्धनको टिम नै आए मात्र स्थानीय तहमा काम गर्न सकिने भन्दै रिसराग नराखी गठबन्धनको पक्षमा मत दिन आग्रह गरेका हुन् ।
‘अहिले गठबन्धन एउटा आवश्यकता हो । भोलि जितेर काम गर्न पनि टिम नै जितेर आउनुपर्ने अवस्था छ’ थापाले सभामा भने, ‘काठमाडौंका मेयरमा सिर्जना सिंह जितेर आउँदै गर्दा उपमेयरमा रामेश्वर श्रेष्ठ पनि जितेर आउनुपर्छ । वडा अध्यक्ष पनि जित्नुपर्छ अनिमात्र काम गर्न सकिन्छ । अन्यथा काम गर्न गाह्रो हुन्छ ।’
उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ इमान्दार नेता रहेको भन्दै जसरी पनि जिताएरै छोडन् अपिल गरेका हुन् ।
जयनेपाल भन्दै महानगरमा छिर्न सक्ने र काम गर्न सक्ने गरी अघि बढ्न विनापूर्वाग्रह गठबन्धनको पक्षमा भोट दिन उनले आग्रह पनि गरेका हुन् ।
थापाले अब जेठ गते विजयसभामा भेट हुने पनि बताए । चुनावबाट केपी ओलीलाई पाँच वर्ष शासन गर्ने सुविधा दिए पनि उनले समय खेर फालेको आरोप थापाले लगाए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया