जब माधव नेपालले सूर्यमा भोट मागे !
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा भोट मागेका छन् ।
आज काठमाडौंमा आयोजित चुनावी कार्यक्रममा उनले झुक्किएर पुरानै पार्टी एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न आग्रह गरेका हुन् ।
‘हाम्रा उम्मेदवारहरूलाई सूर्यमा मात्रै छाप हान्दै जाने हाे,’ नेता नेपालले यति भनेपछि नजिकै रहेका सहयोगीले उनलाई झक्झक्याए ।
त्यसपछि उनले सच्याउँदै भने, ‘सरी ! सूर्यलाई अस्वीकार गरेर कलम चिन्हमा छाप लगाएर हाम्रा उम्मेदवारलाई जिताउनुहोस् ।’
अध्यक्ष नेपालले एमालेमा हुँदा सूर्य चिन्ह आफूले ल्याएको बताउँदै यसैका कारण आफू चिप्लिएको बताए ।
केही महिनाअघि पनि एउटा टेलिभिजन अन्तर्वार्तामा नेता नेपालले एमालेलाई आफ्नो पार्टी भनेका थिए । त्यसपछि कार्यक्रम सञ्चालकले सम्झाएपछि उनले माफी मागेका थिए ।
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीका कदमप्रति असहमति जनाउँदै एमालेबाट छुट्टिएर नयाँ पार्टी एकीकृत समाजवादी खोलेका हुन् । उनी लामो समय एमालेका महासचिव भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया