जब माधव नेपालले सूर्यमा भोट मागे !

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा भोट मागेका छन् ।
आज काठमाडौंमा आयोजित चुनावी कार्यक्रममा उनले झुक्किएर पुरानै पार्टी एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न आग्रह गरेका हुन् ।
‘हाम्रा उम्मेदवारहरूलाई सूर्यमा मात्रै छाप हान्दै जाने हाे,’ नेता नेपालले यति भनेपछि नजिकै रहेका सहयोगीले उनलाई झक्झक्याए ।
त्यसपछि उनले सच्याउँदै भने, ‘सरी ! सूर्यलाई अस्वीकार गरेर कलम चिन्हमा छाप लगाएर हाम्रा उम्मेदवारलाई जिताउनुहोस् ।’
अध्यक्ष नेपालले एमालेमा हुँदा सूर्य चिन्ह आफूले ल्याएको बताउँदै यसैका कारण आफू चिप्लिएको बताए ।
केही महिनाअघि पनि एउटा टेलिभिजन अन्तर्वार्तामा नेता नेपालले एमालेलाई आफ्नो पार्टी भनेका थिए । त्यसपछि कार्यक्रम सञ्चालकले सम्झाएपछि उनले माफी मागेका थिए ।
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीका कदमप्रति असहमति जनाउँदै एमालेबाट छुट्टिएर नयाँ पार्टी एकीकृत समाजवादी खोलेका हुन् । उनी लामो समय एमालेका महासचिव भएका थिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया