मौन अवधि सकिँनै लाग्दा सत्ता गठबन्धनका शीर्ष नेताको संयुक्त अपिल (पूर्णपाठसहित)
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा केही घण्टाअघि संयुक्त अपिल जारी गरेका छन् । चार दलका शीर्ष नेता र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी अपिलमा गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरिएको छ ।
‘स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ,’ संयुक्त अपिलमा भनिएको छ, ‘अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं ।’
स्थानीय निर्वाचन यही वैशाख ३० मा हुँदैछ । त्यसका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
हेरौं अपिलको पूर्णपाठ :


ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया