उपत्यकाकै १८५ मतदानस्थल संवेदनशील !
ललितपुर । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले उपत्यकाका १८५ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । जसअनुसार काठमाडौंमा ११५, ललितपुरमा ५० र भक्तपुरमा २० मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेको छ । जसअनुसार काठमाडौंमा ११५, ललितपुरमा ५० र भक्तपुरमा २० मतदानस्थल संवेदनशीलको सूचीमा छन् ।
भौगोलिक विकटता, चुनावविरोधी समूहको गतिविधि तथा यातायात, सञ्चार र जनघनत्वको आधारमा मतदानस्थललाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सुरक्षा खतराको महसुस गरेर मतदानस्थलहरूलाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
ललतिपुरमा ठुलादुर्लुङ, कालेश्वर, गिम्दी, आश्राङलगायतका ३० मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । पहाडी भूगोलका यी क्षेत्र दुर्गम मानिन्छन् । भक्तपुर प्रशासनले पनि २० वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखेको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया