प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१, लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् ।
उनले बिहान ७ बजे उक्त मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान गरेका हुन् ।
सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले आममतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे । मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया