यो चुनावमा धेरै तडक–भडक भएन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले यो चुनावमा अघिल्लो पटकका चुनावमा जस्तो बाहिरी तडक–भडक नभएको बताएका छन् ।
शुक्रबार स्थानीय तह निर्वाचनमा भोट हलेपछि उनले निर्वाचन आयोगले यसपटक गरेको काम प्रशंसायोग्य भएको बताएका छन् ।
चुनाव प्रचार प्रसारका तडकभडकलाई नियन्त्रण गरेर आयोगले अनुशासन कायम गरेको उनले बताए । उनले पछि थपे, ‘कसैले भित्र–भित्रै गरेको खर्च त कसलाई थाहा हुन्छ र ? यसलाई पनि राक्ने प्रयास गर्नुपर्छ ।’
पत्रकारहरूसँगको अन्तरक्रियामा उनले देश संघीय संरचनामा गइसकेपछि गाउँ–गाउँमा विकास पुगेको बताए ।
पौडेलले तनहुँको व्यास नगरपालिका -२ अन्तर्गत सत्यावती माविमा मत दिएका छन् ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया