यो चुनावमा धेरै तडक–भडक भएन : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले यो चुनावमा अघिल्लो पटकका चुनावमा जस्तो बाहिरी तडक–भडक नभएको बताएका छन् ।
शुक्रबार स्थानीय तह निर्वाचनमा भोट हलेपछि उनले निर्वाचन आयोगले यसपटक गरेको काम प्रशंसायोग्य भएको बताएका छन् ।
चुनाव प्रचार प्रसारका तडकभडकलाई नियन्त्रण गरेर आयोगले अनुशासन कायम गरेको उनले बताए । उनले पछि थपे, ‘कसैले भित्र–भित्रै गरेको खर्च त कसलाई थाहा हुन्छ र ? यसलाई पनि राक्ने प्रयास गर्नुपर्छ ।’
पत्रकारहरूसँगको अन्तरक्रियामा उनले देश संघीय संरचनामा गइसकेपछि गाउँ–गाउँमा विकास पुगेको बताए ।
पौडेलले तनहुँको व्यास नगरपालिका -२ अन्तर्गत सत्यावती माविमा मत दिएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया