गोविन्दराज जोशी पुत्र दीपकराज तनहुँमा कुटिए (भिडियोसहित)
काठमाडौं । कांग्रेस नेता गोविन्दराज जोशीका पुत्र तथा तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशी कुटिएका छन् ।
ब्यास नगरपालिका–८ स्थित मतदान केन्द्र निरीक्षणका लागि पुगेका उनीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेका हुन् । ब्यास नगरपालिका–८ कांग्रेस नेता रामचन्द्र पौडेलको गृहनगर हो ।
कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।
उनी स्वतन्त्र रूपमा ब्यास नगरपालिकाको मेयरको प्रतिस्पर्धामा छन् । कैंची चुनाव चिह्न पाएका उनलाई एमालेको साथ छ ।
कांग्रेस नेता गोविन्दराज जोशीले आफ्नो ज्यान लिने प्रयासस्वरूप आफ्नो छोरामाथि आक्रमण भएको प्रतिक्रिया दिएका छन् ।
‘ब्यास ८ मा दीपक राज जोशी माथी काङ्ग्रेस कार्यक्रमले ज्यान लिने प्रयास सहित आक्रमण गरेका छन्,’ सामाजिक सञ्जाल फेसबुकमा जोशीले लेखेका छन् ।
पाैडेलमाथि कुटपिट भएपछिकाे भिडियाे :
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया