कांग्रेसका उम्मेदवारको गाडीले ठक्कर दिँदा मतदाताको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवारको गाडीले ठक्कर दिँदा एक मतदाताको मृत्यु भएको छ ।
उम्मेदवार जनक बाँठा मगर सवार गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो ।
खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै गर्दा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गरेका बाँठाका सवार गाडीले उनलाई ठक्कर दिएको थियो ।
प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।
यो क्षेत्रमा एमाले र कांग्रेसले माओवादी केन्द्रविरुद्ध गठबन्धन गरेका छन् ।
माओवादी केन्द्रले भने घटना नियोजित भएको दाबी गरेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया