प्रहरीको गोली लागी उदयपुरमा एक किशोरको मृत्यु, एकजना घाइते
काठमाडौं । प्रहरीले चलाएको गोली लागेर उदयपुरको कटारी नगरपालिकामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् ।
कटारीको १० नम्बर वडा स्थिति सोरुङमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर अर्का १४ वर्षीय किशोर मनकुमार श्रेष्ठ घाइते भएका छन् ।
यस विषयमा जानकारी लिँदा जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहरा अनविज्ञता व्यक्त गरे । घटना भएको पुष्टि गरेपनि थप क्षतिबारे बुझ्न घटनास्थलतर्फ थप टोली पठाएको बोहोराले बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया