बालेनको प्रश्न, ‘दलगत र स्वतन्त्र भनेर गणनामा किन भेदभाव गर्न खोजिँदैछ ?’
काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले मतगणना गर्दा प्रतिनिधि राख्ने विषयमा निर्वाचन आयोगले भेदभाव गरेको बताएका छन् ।
पाँचजना स्वतन्त्र उम्मेदवारको एउटामात्र प्रतिनिधि राख्ने कुरा कानुनी, व्यवहारिक र लोकतान्त्रिक कसीमा हदैसम्म अन्यापूर्ण रहेको बालेनको भनाइ छ ।
‘पाँचजना स्वतन्त्र उम्मेदवारका एकजना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराउँछ । यसप्रति निर्वाचन आयोग सजग बनोस् ।’
बालेनले हरेक स्वतन्त्र उम्मेदवारलाई आफ्नो प्रतिनिधि मतगणनामा सामेल गराउन आयोगलाई अनुरोधसमेत गरेका छन् ।
‘यसमा निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु,’ उनले भनेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया