मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका दुवै पदमा एमालेको अग्रता

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा एमाले उम्मेदवार छोम्फेल विष्टले अग्रता लिएका हुन् ।
मुख्य मतदान अधिकृतको कार्यालय अनुसार पालिका अध्यक्षमा एमालेका विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन् ।
त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ह्लामो गुरूङले १ सय ५८ मतसहित अग्रता लिएकी छन् ।
प्रतिक्रिया