रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्र विजयी
काठमाडौं । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।
रोल्पा नगरपालिका वडा नं। २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।
दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट माओवादी केन्द्रका डाँगी विजयी भएका छन् ।
सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने कांग्रेसले जितेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया