हाम्रो प्रतिस्पर्धा ब्यालेटमा मात्रै

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका लागि मतगणना जारी छ ।
भरतपुरमा नेकपा (एमाले)का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल प्रमुख प्रतिस्पर्धी छन् ।
यसैबीच मतगणना चलिरहँदा तीनैजना प्रतिस्पर्धी एउटै लहरमा सौहार्दपूर्ण वातावरणमा मिलेर बसेको तस्बिर बाहिरिएको छ ।
कार्यकर्ताहरू जति नै झगडा गरे पनि नेताहरूबीचको सम्बन्ध सौहार्दपूर्ण हुन्छ भन्ने सन्देश तस्बिरले दिएको छ ।
प्रतिक्रिया