६ महानगरपालिका : ५ मा गठबन्धन अगाडि हुँदा एकमा स्वतन्त्र, एमालेको शुन्य अग्रता
काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामध्ये पाँचवटा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन शाहले अग्राता लिनुबाहेक ५ महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।
अघिल्लोपटक दुईवटा महानगरपालिका जितेको एमाले प्रारम्भिक चुनावी मतगणनामा कुनैमा अग्रतामा छैन ।
काठमाडौंमा स्वतन्त्रका बालेनले ८४२ मत ल्याएका छन् । उनलाई पछ्याएका एमालेका केशव स्थापितले ७२३ मत ल्याएका छन् ।
भरतपुरमा पनि एमाले उम्मेदवार विजय सुवेदीविरुद्ध माओवादीकी रेनु दाहालले ७० को अग्रता लिएकी छिन् ।
ललितपुरमा कांग्रेसका चिरिबाबुले सुरुवातबाटै फराकिलो अग्रता लिइरहेका छन् ।
पोखरामा पनि नेकपा एसका उम्मेदवारले एमालेमा िअग्रता लिएका छन् ।
विराटनगरमा एमालेका उम्मेदवार सागर थापाविरुद्ध कांग्रेसका नागेश कोइरालाले निरन्तर अग्रता बनाइरहेका छन् । कोइराला दुई सय बढीले निरन्तर अग्रतामा छन् ।
वीरगञ्जमा पनि जसपाका राजेशमान सिंहले अग्रता बनाएका छन् । एमालेका विजयकुमार सरावगी पछाडि परिरहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया