जनकपुरमा बागीका कारण गठबन्धनको उम्मेदवारको बिजोग
काठमाडौं । जनकपुर उपमहानगरपालिका कांग्रेसका बागी उम्मेदवारले अस्वभाविक रुपमा मत ल्याएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले ८ सय मत कटाउँदा गठबन्धनका उम्मेदवार पाँचौ स्थानमा धकेलिएका हुन् ।
दोस्रो स्थानमा रहेका एमालेका शिवशंकर साहले २६ मत ल्याएका छन् ।
जनकपुरमा कांग्रेसले मेयरमा उम्मेदवारी नदिएदेखि नै तनावको स्थिति सामना गरेको थियो । कांग्रेस सत्ता गठबन्धनबीचको चुनावी तालमेलमा मेयर जसपालाई छोडेको थियो । जसमा मेयरका उम्मेदवार लालकिशोर साह मैदानमा थिए । बागी उम्मेदवारले ८ सय मत कटाउँदा साहले ५० मतमात्रै कटाएका हुन् ।
जनकपुरमा कांग्रेस नेता विमलेन्द्र निधिको दबदबा छ । निधिकै तर्फबाट सुडीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
मेयरमा लोसपाका मनोज चौधरीले १७१, स्वतन्त्र उम्मेदवार बलराम महतोले मेयरमा १६६ ल्याएका छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया