जनकपुरमा बागीका कारण गठबन्धनको उम्मेदवारको बिजोग
काठमाडौं । जनकपुर उपमहानगरपालिका कांग्रेसका बागी उम्मेदवारले अस्वभाविक रुपमा मत ल्याएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले ८ सय मत कटाउँदा गठबन्धनका उम्मेदवार पाँचौ स्थानमा धकेलिएका हुन् ।
दोस्रो स्थानमा रहेका एमालेका शिवशंकर साहले २६ मत ल्याएका छन् ।
जनकपुरमा कांग्रेसले मेयरमा उम्मेदवारी नदिएदेखि नै तनावको स्थिति सामना गरेको थियो । कांग्रेस सत्ता गठबन्धनबीचको चुनावी तालमेलमा मेयर जसपालाई छोडेको थियो । जसमा मेयरका उम्मेदवार लालकिशोर साह मैदानमा थिए । बागी उम्मेदवारले ८ सय मत कटाउँदा साहले ५० मतमात्रै कटाएका हुन् ।
जनकपुरमा कांग्रेस नेता विमलेन्द्र निधिको दबदबा छ । निधिकै तर्फबाट सुडीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
मेयरमा लोसपाका मनोज चौधरीले १७१, स्वतन्त्र उम्मेदवार बलराम महतोले मेयरमा १६६ ल्याएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया