माओवादीले काठमाडौंमा खोल्यो जितको खाता
काठमाडौं । माओवादी केन्द्रले काठमाडौंमा जितको खाता खोलेको छ ।
काठमाडौंका अधिकांश स्थानीय तहमा गठबन्धन गरेर चुनावमा होमिएको माओवादीले चन्द्रागिरि नगरपालिका–२ को वडाध्यक्षमा विजय हासिल गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त गरी जित दर्ता गरेको जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत पाए ।
वडा नं. १ को वडाध्यक्षमा भने कांग्रेसका हरिश्याम रानामगर विजयी भएका छन् । १ हजार १२१ मतका साथ रानामगर विजयी हुँदा उनका निकटमत प्रतिद्वन्द्वी एमालेका राजेन्द्र केसीले एक हजार ५७ मत हासिल गरेका छन् ।
चन्द्रागिरि नगरपालिकामा अहिले मतगणना भइरहेको छ । जारी मतगणनामा मेयरतर्फ कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया